कलैया,पचरौता नगरपालिका वडा नम्बर ४ बेलदारीस्थित नगर अस्पतालमा अब एकजना एमबीबीएस चिकित्सकले चौबीसै घण्टा सेवा दिने व्यवस्था गरिएको छ ।पचरौता नगरपालिकाका प्रमुख जलन्धर सिंहले मेडिकल अधिकृत अखिलेश अधिकारीलाई औपचारिक नियुक्ति पत्र प्रदान गरेसँगै अस्पतालमा आजबाट पुनः उच्च स्तरको चिकित्सक सेवा उपलब्ध हुने भएको हो ।
नगर अस्पतालमा केही समयदेखि अवरुद्ध रहेको चौबीसघण्टे सेवा पुनः सुचारु भएपछि पचरौता नगरपालिका र आसपास क्षेत्रका सर्वसाधारणहरूको उपचार र स्वास्थ्य परीक्षण सेवामा सहजता मिल्ने नगर प्रमुख सिंहले जानकारी दिनुभयो ।अस्पतालबाट बहिरङ्ग सेवा, आकस्मिक सेवा, गर्भवती जाँच, प्रसूति सेवा, खोप तथा पोषण सेवा, र प्रयोगशाला सेवा जस्ता विभिन्न सेवा उपलब्ध हुदै आएको छ ।

Leave a Reply