प्रधानमन्त्री केपी शर्मा ओलीले भने जस्तै कतै नेपाली समाज अराजकतातर्फ त गइरहेको छैन भनेर एक पटक सोच्ने बेला चैं आएको छ ।यहाँ केपी ओलीको बचाऊ पनि गर्न खोजिएको होइन । केपी ओली नै अराजक भएको खण्डमा पनि खबरदारी गर्ने काम हुन्छ र भइरहेको पनि छ । तर, समाजमा केही यस्ता तत्व छन् जसले अराजकता मात्रै मच्चाइ रहेका छन् । हुनत् उनीहरुलाई राजनीतिक संरक्षण पनि छ र अराजकता पनि मच्चाइ रहेका छन् । अराजक समूह वा व्यक्ति जन्माउने पनि हाम्रा देशका राजनीतिक दल र त्यसका नेता नै हुन ।
अराजक व्यक्तिहरु यस्ता घातक हुुन्छन, जसको कुार सुन्दा ठीक लागेपनि उनीहरुको नियत ठीक नहुन सक्छ र त्यसले समाजलाई नोक्सानीमात्रै पु¥याइरहेका हुन्छन ।यस्तै पात्रमध्ये एक हुन्, दुुर्गा प्रसाई । हुनत उनलाई जन्माउने पनि केपी ओलीहरु नै हुन् तर उनको गतिविधि अराजक छ । भलै उनका कतिपय कुराकेही मानिसहरुलाई सत्य होला र ठीक जस्तो पनि लाग्छसक्छ । तर समग्रमा देश र जनताको लागि उनले केही समयदेखि सार्वजनिक गर्दैआएका कुराहरु घातक छन् ।
बैंकको ऋण तिर्नुपर्दैन भनेर डुबाउने,एउटा निश्चत समुदायलाई गाली गर्ने अनि देशका प्रमुख राजनीतिक दलका शीर्ष नेता र जिम्मेवार ओहदामा बसेकाहरुको बारेमा अफवाहा फैलाउदै हिड्ने कार्यलाई कसैले पनि राम्रो भन्न मिल्दैन ।प्रसाईले केपी,देउवा,प्रचण्ड सबै खराब भन्दैमा पनि उनीहरु खराब साबित हुने होइनन र यो देशमा हाल कायम समस्या समाधान हुने पनि होइन । हिजो सम्बन्ध राम्रो हुन्जेल ठीक अनि पछि गलत भनेर उनले जसरी प्रचार गरे त्यो गलत छ त्यो नै अराजक प्रवृत्ति हो ।















