अनिल तिवारी
सिमरा –  पर्सा राष्ट्रिय निकुञ्ज आधाभार बाराले १० औँ चोरीशिकार नियन्त्रण युवापरिचालन अभियान एवम संरक्षण दिवसको अवसरमा सरोकारवालहरुसंग अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ । बन वातावरण तथा जैविक विविधता संरक्षणमा सरोकारवालाई सकृया बनाउन अपनाउनुपर्ने बिधिका साथै यस कार्यमा लागेकाहरुको समस्या पहिचान गर्न यस कार्यक्रमको आयोजना गरीएको हो ।

 

 

 

जनतासंगको सहकार्यमा बन तथा बन्यजन्तुको संरक्षणमा लागेकाहरुलाई सकृय बनाउन र संरक्षणको बारेमा अन्य बनमा आश्रीत रहेका समुदायमा पु¥याउन यस कार्यक्रमको आयोजना गरीएको पर्सा राष्ट्रिय निकुञ्जका सहायक बन संरक्षण अधिकृत अशोक रामले जानकारी दिनुभयो । कार्यक्रममा बनमा चोरीशिकारी नियन्त्रणलाई प्रभावकारी रुपमा अगाडी बढाउन सबैको साझा पहल कसरी गराउने भन्ने बारेमा छलफलका साथै कानुनमा भएको ब्यवस्थाका बारेमा जानकारी गराइएको संरक्षण अधिकृत रामले जानकारी दिनुभयो ।

 

 

 

 

 

यता संरक्षणको क्षेत्रमा लागेकाहरुले आफ्नो ज्यान जोखिममा पारेर काम गर्दा समेत सम्बन्धित निकायको ध्यान नगएको प्रति संरक्षणकर्मिहरुले दुखेसो पोखाका छन् । बन संरक्षण गर्न समिति बनाएर अगाडी बढाएपनि त्यस समितिलाई कुनै आर्थिक सहयोग नगरेको, निकुञ्ज कार्यालयलाई गोप्य रुपमा दिएको जानकारी समेत बाहिर आएपछि आफ्नो ज्यान जोखिममा परेको, र संरक्षणको कार्यमा कुनै किसिमको दुर्घटना भए त्यसको सबै उपचार आफै बेहोर्नुपरेकोले संरक्षणकर्मिहरुलाई यस कार्य प्रति विकृष्णा बढ्दै गएको उज्जवल भविष्य उपभोक्ता समिति चोरीशिकार नियन्त्रण युवापरिचालन अभियान मकवानपुरका संयोजक श्रीकृष्ण ढकालले जाकारी दिनुभयो ।

 

 

 

 

 

 

पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रको आयोजना र तराई भु–परिधिको आर्थिक सहयोगमा यो कार्यक्रम सम्पन्न यस कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर तितुङ्गको सभाअध्यक्षता रहेको थियो । कार्यक्रममा जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, चोरीशिकार नियन्त्रण युवापरिचालन अभियान बाराका संयोजक दिपक लामा लगाएत सर्पा, मकवानपुरबाट आउनुभएका बन संरक्षणकर्मिहरुको उपस्थिती रहेको थियो ।  हाल पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्तरगत १३ ओटा चोरीशिकार नियन्त्रण युवापरिचालन अभियान उपसमितिहरु सकृय रहेका छन् ।

Leave a Reply