निजगढ,निजगढ नगरपालिका वडा नम्बर १२ रामथलीमा नेकपा एमालेका कार्यकर्ता भिमबहादुर गोलेलाई खुकुरी प्रहार गरी घाइते पारेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।गोलेमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले रौतहट जिल्ला गुजरा नगरपालिका वडा नम्बर ४ बस्ने बस्ने नन्दलाल राजबंसी भन्ने मन्सुर मियालाई रौतहटको चन्द्रनिगाहपुरबाट बुधवार दिउसो पक्राउ गरेको हो । पक्राउ परेका मियालाई ईलाका प्रहरी कार्यालय निजगढमा राखेर थप अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिनुभयो ।

अन्सारीले केही वर्षदेखि निजगढ र रतनपुरमा मोटरसाइकलबाट घरघरमा पु¥याएर कपडा बेच्ने काम गर्दैआएका थिए । घटना लगत्तै अस्थायी प्रहरी पोष्ट रतनपुरीबाट पुगेको टोलीले घटनास्थल नजिकैबाट ग २४ प ७०४६ नम्बरको एउटा मोटरसाइकल र ३ थान मोबाइल बरामद गरेको थियो । घटनाबाट बरामद मोटरसाइकल र मोबाइल सिमको आधारमा घटनाको अनुसन्धानअघि बढाइएको निरीक्षक कुशवाहाले बताउनुभयो ।उता, घाइते गोलेको हाल हेटौडास्थित चुरे हिल अस्पतालमा उपचार भइरहेको छ । आइसियु कक्षमा राखेर उपचार भइरहेकोमा गोलेको स्वास्थ्य अवस्थामा सुधार आएपछि बुधवार दिउसोबाट जनरल बेडमा सारिएको छ । गोल नेकपा एमालेका संगठित पार्टी सदस्य र सक्रिय कार्यकर्ता हुन ।

Leave a Reply