मुलुक अहिले सात प्रदेशको संरचनामा चलिरहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि देशमा संघीय आएपछि यसको अभ्यास भइरहेको हो । यो अभ्यासको भरपूर प्रयोग पनि भइरहेको छ ।देशको आर्थिक अवस्थाले संघीयता कति समय टिक्ला वा कसरी टिकाइला यस बारेमा फरक बिश्लेषण होला तर देश संघीयतामा छ र यसको असल अभ्यास अहिले भइरहेको छ । संघीयको मुल मन्त्र भनेको पनि देशमा विकेन्द्रीकृत शासन प्रणाली नै हो । अब यसको अभ्यास कति भइरहेको छ फेरि यसको पनि व्याख्या फरक हिसावले होला नै ।

तर,संघमा जस्तै प्रदेशमा पनि सरकार बनाउने र गिराउने खेल चैं अधिक हुने देखिएको छ । जुन रोग केन्द्रमा छ,त्यही रोग प्रदेशमा समेत देखिएको छ । यसले संघीयतालाई बलयो चैं बनाउदैन ।संघीयतालाई बलियो बनाउनका लागि सरकार फेर बदलको श्रृखलाभन्दा पनि विकास निर्माणको कार्यतर्फ सरकारहरुको ध्यान जान जरुरी छ । अब अहिले मधेशमा यस्तै छ । बागमतीमा त झन् रमिता छ ।आफ्नै पार्टीका एक नेताहुँदाखादाको आफ्नो सरकार ढाल्ने प्रयासमा छन् । सत्ताको लालचले गर्दा पनि उनीहरुमा आफ्नो सरकार गिराउने कुरा ठूलो नभएको देखिन्छ ।

समस्या सरकार संचालकहरुमा पनि छ । सरकारमा रहेकाहरु जिम्मेवार नहुँदा पनि समस्या हो तर यसो भन्दैमा सरकार फेर्दे हिँड्ने कुरा चैं घातक हो ।बागमतीमा काँग्रेसका विरुद्ध काँग्रेस,मधेशमा जनमतका बिरुद्ध काँग्रेस यस्तो प्रवृत्तिले वास्तवमा संघीयता कमजोर मात्र होइन वर्तमान शासन प्रणालीप्रति पनि झन् प्रश्न चैं उठ्ने छ ।

Leave a Reply