सिमरा,बाराका सात वटा लायन्स क्लबको शुक्रबार साँझ सिमरामा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । डिष्ट्रिक्ट ३२५ एसको एरिया ३ अन्तर्गत रिजन १७ भित्र पर्ने जोन ३४ र ३५ मातहत रहेका सात वटा क्लबको संयुक्तरुपमा पदस्थापन सम्पन्न भएको हो ।

बारामा क्रियाशील लायन्स क्लबले पहिलो पटक जिल्लामै पदस्थापन कार्यक्रमको आयोजना गरेका हुन् । यसअघि एरिया ३ अन्तर्गत वीरगञ्जमा पदस्थापन कार्यक्रम हुँदै आएको थियो ।संयुक्तरुपमा पदस्थापन गर्ने क्लबमा लायन्स क्लब अफ सिमरा युथ, लायन्स क्लब अफ जीतपुरसिमरा, लायन्स क्लब अफ अमलेखगञ्ज, लायन्स क्लब अफ जीतपुर युथ, लायन्स क्लब अफ कलैया र लायन्स क्लब अफ गञ्जभवानीपुर रहेका छन् । जीतपुरसिमरा, अमलेखगञ्ज र जीतपुर युथ जोन ३४ भित्र पर्दछन् भने सिमरा युथ, सिमरा जागरण, कलैया र गञ्जभवानीपुर जोन ३५ अन्तर्गतका क्लब हुन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्ट ३२५ एस की गभर्नर डासी डोल्मा तुम्बाहाम्फेले लायन वर्ष २०२४-२५ का लागि चयन भएका पदाधिकारीलाई पदस्थापन गराउनुभएको थियो । उक्त कार्यक्रममा लायन्स क्लबको नयाँ सदस्य लिएका सदस्यलाई समेत सपथ ग्रहण गराइएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख पौडेल, गभर्नर तुम्बाहाम्फे, इमिडिएट पास्ट डिष्ट्रिक्ट गभर्नर डिएन अग्रवाल, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर बिनय बस्नेत, द्धितीय भाइस डिष्ट्रिक्ट गभर्नर रामबिहारी पाण्डे, पास्ट डिष्ट्रिक्ट गभर्नर पुनम चन्द अग्रवाल, डिष्ट्रिक्ट एक्सिक्युटिभ चिफ बासु तिमिल्सिना, एरिया चिफ श्यामकुमार यादव, डिष्ट्रिक्ट चिफ मुकुन्दबहादुर क्षेत्रीले शुभकामना मन्तव्य व्यक्त थिए ।

लायन्स क्लब अफ कलैयाका पूर्वअध्यक्ष भरत अग्रवालको अध्यक्षतामा सुरु भएको कार्यक्रमको समापन लायन्स क्लब अफ सिमरा जागरणका अध्यक्ष युवराज पौडेलले गर्नुभएको थियो । कार्यक्रममा जोन चेयर पर्सन विनय साहले स्वागत मन्तब्य राख्नुभएको थियो भने रिजन चेयर पर्सन कृष्णव्रत सिंहले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।कार्यक्रममा लायन्स क्लब अफ सिमरा युथकी सचिव निलिसा बर्माले राष्ट्रिय ध्वजाको सम्मान गर्नुभएको सो कार्यक्रमको सहजीकरण जोन चेयर पर्सन दिवाकर भण्डारीले गर्नुभएको थियो । कार्यक्रममा पथलैयास्थित होली गार्डेन इङ्लिस स्कुलका विद्यार्थीले स्वागत नृत्य पनि प्रस्तुत गरेका थिए ।

Leave a Reply