पुष्पराज खतिवडा
बारा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ को बडहर्वामा रहेको मौवादेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११औं बार्षिक साधारणसभा बिहिवार सम्पन्न भएको छ ।बारा बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष सत्यन्द्र ठाकुरले बार्षिक साधारणसभाको उद्घाटन गर्नुभएको हो । प्रमुख अतिथि ठाकुरले सहकारी संस्थाहरु विधान र कानुनको अधिनमा रहेर सदस्यहको साझा भलाईका निमित्त संचालन गरिनुपर्ने बताउनुभयो ।

‘जिल्लाको दक्षिणी क्षेत्रको तुलनामा उत्तरीक्षेत्रमा सहकारीहरु नियमसंगत संचालनमा सहकारीकर्मीहरु सचेत पाइन्छ, यसैले गर्दा यस क्षेत्रमा सहकारीहरुले ग्रामीण क्षेत्रमा बैंकले दिने सेवा विश्वसनीय ढंगले प्रदान गर्दै आएका छन् । यसका लागि सदस्यहरुको साथसहयोग अझ धेरै आवश्यक हुन्छ । विश्वास आवश्यक हुन्छ ।’ जिल्ला संघ अध्यक्ष ठाकुरले भन्नुभयो ।
केहीदिन अघिमात्रै तेस्रो कार्यकालका लागि बारा बचत तथा ऋण सहकारी संघ लिमिटेडको अध्यक्षमा निर्वाचित ठाकुरले सहकारी संस्था संचालनमा गम्भीर भन्न सदस्य र संचालकहरुलाई आग्रह गर्नुभयो ।
यस्तै जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष चतुरबाबु वाग्लले सहकारीले उत्पादनको क्षेत्रमा काम गर्नुपर्ने बताउनुभयो । बचत तथा ऋणको मात्रै कारोबारले सदस्यको जीवन परिवर्तन गर्न नसकिने भन्दै उहाँहरुलाई स्वरोजगारमुलक सिपसमेत संगसँगै दिनु पर्ने बताउनुभयो ।

कार्यक्रममा सहकारी पत्रकार समाज बाराका अध्यक्ष पुष्पराज खतिवडा,जीतपुरसिमरा उपमहानगरपालिका कार्यपालिका सदस्य प्रभावती देवी पासवान, जुनेली महिला साकोस जैतापुरकी प्रभादेवी चौधरी, संस्थाका पूर्व अध्यक्ष नारायण घिमिरेसँगै,वर्तमान संचालक तथा लेखा समिति एवं संस्थाका सदस्यहरुको सहभागिता थियो ।

संस्थाले बार्षिक साधारणसभाको अवसरमा संस्था कर्मचारी सुनिता थापालाई नगद सहित पुरस्कृत गरेको छ । त्यसैगरी असल कोरोबार गर्ने एकदर्जन सदस्यलाई टेबुल पंखा प्रदान गर्दै पुरस्कृत र पूर्वसंचालक समिति अध्यक्ष घिमिरेलाई सम्मान गरिएको थियो । सम्मानित सबैलाई प्रमुख अतिथि जिल्ला बचत संघका अध्यक्ष ठाकुर र संस्था अध्यक्ष राजुकुमार कार्की लगायत अतिथिले पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको हो ।२ करोड ३८ लाख रुपैंयाको कारोबार गर्दै आएको संस्थाले आर्थिक वर्ष २०८०-०८१ को मुनाफाबाट शेयर सदस्यलाई १०।४३ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको छ । यससँगै आगामीदिनमा सदस्यहरुलाई विभिन्न तालिमहरु समेत संचालन गर्ने निर्णय गरेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।अध्यक्ष कार्कीले सभामा प्रस्तुत गर्नुभएको संस्थागत र लेखा समित संयोजक महन्थ चौधरीको लेखा समितिको प्रतिवेदन सुझावसहित पारित भएको छ ।कार्यक्रम संचालक समिति सदस्य जयन्ती सिम्खडाको संचालनमा सम्पन्न भएको हो ।

Leave a Reply