वीरगञ्ज,वीरगञ्ज महानगरपालिकाको मुरली चोकस्थित “मोहम्मद फ्रेश हाउस” मासु पसलमा खसीको मासु भन्दै बाख्राको मासु बिक्री गर्दै गरेको अवस्थामा एक जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।स्थानीयवासीले दिएको जानकारी अनुसार, पसलेले खसीको मासु भनेर प्रतिकिलो ११ सय रुपैयाँमा बाख्राको मासु बिक्री गरिरहेका थिए । शंका लागेपछि स्थानीयहरूले प्रहरी बोलाएका थिए । प्रहरीले चेकजाच गर्दा खसीको मासु भन्दै बाख्राको मासु बिक्री गरेको देखिएपछि प्रहरीका अनुसार आवश्यक अनुसन्धानका लागि उनलाई नियन्त्रणमा राखेको छ । पक्राउ परेका व्यक्तिको नाम हाल खुल्न बाँकी रहेको छ ।
स्थानीयहरूले भने यस्तो धन्दा उपभोक्तालाई ठगी गर्ने र स्वास्थ्य जोखिम बढाउने भएकाले चेतावनी दिँदै घटना रोक्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले “बाख्रीको अन्डकोषमा खसीको अन्डकोष टासी खसीको मासु बनाउने खेल” नगर्न व्यापारीलाई सचेत गराएका छन् ।प्रहरीले घटनाको पूर्ण अनुसन्धान गरी आवश्यक कानुनी कारबाही अगाडि बढाउने जनाएको छ ।


















