राजकुमार यादव
मौलापुर,छठ घाट प्रवेशमा निषेध गरिएपछि रौतहटको मौलापुर नगरपालिकाकी नगर प्रमुख रिनाकुमारी साहले वडाध्यक्ष शिवप्रसन यादवलाई पनि कार्यपालिका बैठकमा सहभागी हुननदिने चेतावनी दिनुभएको छ ।नगरपालिकाको वडा नम्बर ८ सोनरनियास्थित छठघाटमा अस्ताउँदो सूर्यलाई अर्घ्य चढाउने क्रममा पुग्नुभएकी नगर प्रमुख साह र उपप्रमुख नागेन्द्रप्रसाद यादवलाई स्थानीयले रोक लगाएपछि उहाँले वडा नम्बर ८ का वडा अध्यक्ष यादवलाई पनि नगरपालिका प्रवेशमा रोक लगाउने चेतावनी दिनुभएको हो ।छठको मुख्य दिन ब्रतालुहरु र सर्वसधारणसंग भेटघाट तथा शुभकामना आदान–प्रदान गर्न नगर प्रमुख साह र उपप्रमुख यादव नगरका सबै छठी घाटमा पगेका थिए । त्यसक्रममा वडा ८ को सोनरनिया छठी घाटमा भने विवाद भएको र प्रवेश गर्न रोक लगाइएको थियो । प्रमुख साहले वडाध्यक्ष यादवकै निर्देशनमा आफूहरुलाई घाटमा निषेध गरेर दुव्र्यवहार समेत भएको बताउनुभएको छ । ‘वडाध्यक्षकै उक्साहटमा केही मानिसहरुले आफूहरुलाई घाटमा जान रोकऐको र दुव्र्यवहारसमेत गरिएको हो, नगर प्रमुख साहले भन्नुभयो, जस्तालाई त्यस्तै व्यवहार गर्नुपर्छ, हामी पनि वडा अध्यक्ष यादवलाई पनि नगरपालिका कार्यालयमा प्रवेश गर्न दिदैनौं ।’छठ पूजाको दिन सो वडामा भक्तजनहरुले २५÷३० स्थानमा वटा पण्डाल लगाइएकोमा सोनरनियाको एउटा पण्डालमा मात्रै आफूहरुमाथि दुव्र्यवहार गरिएको उहाँले बताउनुभयो ।छठी घाठ सजावट तथा व्यवस्थापनका लागि नगरपालिकाले बजेट नदिएको भन्दै वडा अध्यक्ष यादवले त्यस्तो गरेको हुनसक्ने पनि उहाँले बताउनुभयो । ‘अघिल्ला वर्षहरुमा छठ घाट सजावटको नाममा प्रतेक वडामा डेढ लाखदेखि साढे ३ लाखसम्म दिने गरिएको थियो, नगर प्रमुख साहले भन्नुभयो, तर फजुल खर्च कटौति गर्न यो वर्ष बजेट विनियोजन नगरिएपछि वडा अध्यक्ष यादवले त्यसैको झोकमा आफूमाथि दुव्र्यवहार गर्न लगाएका हुन ।’उता, वडा अध्यक्ष यादवले मेयर र उपमेयरलाई घाटमा प्रवेश निषेध गर्न आफूले कसैलाई पनि नउक्साएको दावी गर्नुभएको छ । घटनाको समयमा आफू घरमै रहेको र त्यसबारेमा कुनै जानकारी समेत नभएको बताउनुभयो ।वडाध्यक्ष यादव गत स्थानीय निर्वाचनमा स्वतन्त्र निर्वाचित हुनुभएको हो ।
पदभार ग्रहण
नगर प्रमुख साहले मंगलवार पदभार ग्रहण गर्नुभएको छ । नगरपालिकाका उपप्रमुख नागेन्द यादवले नगर प्रमुख साहलाई कार्यालयमा पदभार ग्रहण गराउनुभएको थियो । निर्वाचन आयोगको निर्णय उल्टाउदै केहि दिनअघि सर्वोच्च अदालतले साहलाई पुनः नगर प्रमुखमा बहाली गरेपछि उहाँले पदभार ग्रहण गर्नुभएको हो ।निर्वाचित भएको दल नेकपा एमाले त्यागेपछि एमालेको आग्रहमा निर्वाचन आयोगले साहलाई नगर प्रमुख पदबाट बर्खास्त गरेको थियो ।

Leave a Reply