वीरगञ्ज,जिल्ला प्रहरी कार्यालय पर्साले १५ किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ३ पमौल गम्हरियाका ३८ वर्षीय रफिक महमद रहेका पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिनुभयो ।

उहाँका अनुसार रफिकले आफ्नै घरमा लागूऔषध गाँजा लुकाईछिपाई राखेकोे विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरियाको टोलीले उनको घरमा खानतलासी गरेको हो ।खानतलासी गर्ने क्रममा प्लाष्टिकको झोलाभित्र राखिएको १५ किलोग्राम प्रतिबन्धित लागूऔषध गाँजा बरामद भएको प्रहरी नायब उपरीक्षक भारतीले बताउनुभयो । रफिकलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको भारतीले जानकारी दिनुभएको छ ।















