बारा – बाराको सिमावर्ती क्षेत्र दक्षिण झिटकैयामा सशस्त्र प्रहरी बल ,नेपाल बोडर आउट पोष्ट आईतवार  स्थापना  गरिएको छ । बारामा सिमा सुरक्षा गर्नुको संगसँगै तस्करी तथा अपराध नियन्त्रण गर्नको लागि सो पोष्ट स्थापना गरीएको जनाए । सशस्त्र प्रहरी  नायब महानिरीक्षक बाहिनीपति  राजु अर्याल र बाराको प्रमुख जिल्ला अधिकारी फणीन्द्र  मणि पोख्रेलले संयुक्त रुपमा बिओपिको उदघाटन गर्नुभयो । 
बिओपि उदघाटन कार्यक्रममा बाहिनिपती  अर्यालले  सिमा नाकामा हुने अपराधिक क्रियाकलाप न्यूनीकरण , लागू औषध ओसारपसार नियन्त्रण , मानव तस्करी , चोरी पैठारी ,तस्करी नियन्त्रणको लागि सशस्त्र प्रहरी बलले अहोरात्र सिमा नाकामा खटदै आएको बताउनु भयो । स्थानियबासिको सहयोगमा  सिमानाकामा थप बिओपि स्थापना  हुन लागेपछी दक्षिण  झिटकैया लगायत आसपासको क्षेत्रमा शान्ति सुरक्षा , सिमा नाकाको सुरक्षा , सिमा स्तम्भको सुरक्षा  लगायतको कार्यमा थप सहयोग मिल्ने  बताउनु  भयो ।
त्येसैगरी  उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै  बाहिनिपती अर्यलले प्रदेश नम्बर २ को थप पहिलो बिओपिको रुपमा दक्षिण  झिटकैया स्थापन भएको र अरु थप २ वटा बिश्रामपुर गाउपालिकाको छतवा र पचरौताको बेनौलिमा स्थापना गर्ने जानकारी दिनुभयो । सोहि कार्यक्रममा बोल्दै बाराका प्रमुख जिल्ला  अधिकारी फणीन्द्र  मणि पोख्रेलले बिओपि स्थापनाले सिमानाकाको सुरक्षा थप बलियो भएको बताउनु भयो ।
दशगाजाको शान्ति  सुरक्षाको लागि  दशगजा क्षेत्र  खाली गराईएको , सिमानाकामा जनचेतनामूलक  फ्लैकस्बोर्ड राख्ने गरिएको बताउनु  भयो । राजश्व चुहावट नियन्त्रण गर्न बारा जिल्लामा पनि मुल भन्सार कार्यालय स्थापना गर्ने सुरक्षा समितिले निर्णय गरि सम्बन्धित निकाएमा पहल गरिएको जानकारी गराउनु भयो । सशस्त्र प्रहरीको  टोलिले सिमानाकाको सुरक्षामा कुनै कसर बाकी नरखी अहोरत्र खटियेको वहाले बताउनु भयो । दक्षिण झिटकैयामा थप  बिओपि  स्थापना भएपछी बारामा हाल बिओपिको संख्या सांत पुगेको छ ।
दक्षिण  झिटकैयामा रहनेगरि स्थापित थप बिओपि हाल महागढीमाई ६ पिपराढीमा सशस्त्र  प्रहरी  निरीक्षक श्याम सुन्दर नान्जुको कमाण्डमा स्थापना गरिएको सशस्त्र प्रहरी बल नम्बर १२ गणका गणपति सशस्त्र  प्रहरी उपरीक्षक  दिग बिजय सुबेदिले बताउनुभयो ।  सो अवसरमा दक्षिण  झिटकैयामा  थप  बिओपिको लागि ६ कठा जग्गा  उपलब्ध  गराउने राजिव यादव र राम्रो काम गरेको सशस्त्र प्रहरी हवल्दार र जवानलाई बाहिनिपती अर्यालले प्रशंसापत्र प्रदान  गरिएको थियो । 
कार्यक्रमको अवसरमा नेपाल प्रहरीको  डिएसपि गौतम मिश्र, महागढीमाई नगरपालिकाकी नगर उपप्रमुख तारा देबि कानु ,सुरक्षाकर्मी , स्थानिय तहको जनप्रतिनिधि , भद्रभलादमी ,संराचाकर्मी लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here