वीरगञ्ज,पासपोर्ट र भिसा नभएका एक बंगलादेशी नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बसपार्कस्थित आर्यन होटल एण्ड लजबाट उनलाई पक्राउ गरिएको हो ।पक्राउ पर्नेमा बंगलादेशको सिलेट होबीगंज होल्डिङ नम्बर ७७७ स्थायी ठेगाना बताउने २९ वर्षीय महमद सहादत हुसेन रहेका छन् । उनलाई होटलको कोठा नम्बर २०२ बाट पक्राउ गरिएको प्रहरी प्रवक्ता दीपक भारतीले जानकारी दिनुभयो । हुसेनलाई अध्यागमन कार्यालय वीरगञ्ज पर्सामा बुझाइएको छ ।

Leave a Reply