कलैया,बाराको परवानीपुरमा आगामी माघ २६ गतेबाट चौंथो परवानीपुर गोल्डकप प्रतियोगिता शुरु हुने भएको छ ।
आयोजक परवानीपुर युथ क्लबको बुधवार बसेको बैठकले परवानीपुर गोल्डकपको चौथों संस्करण आगामी माघ २६ गतेदेखि फागुन ३ गतेसम्म प्रतियोगिता संचालन गर्ने निर्णय गरेको हो ।क्लबका अध्यक्ष अली अख्तर आलमको अध्यक्षतामा परवानीपुर खेल मैदानमा बसेको बैठकले गोल्डकप आयोजना गर्ने र सोको लागि आयोजक समिति गठन गरी आवश्यक तयारी गर्ने पनि जनाइएको छ ।



















