रतनपुर,निजगढ नगरपालिकाअन्तरगतको रतनपुरी सव डिभिजन वन कार्यालय र सामुदायिक वन सन्जालले डिभिजन वन कार्यालय सिमरामा हालै सरुवा भएर आउनुभएका डिएफओ राजिवकुमार झाको सम्मानमा मंगलवार रतनपुरमा स्वागत कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा रतनपुर क्षेत्रका अधिकंश सामुदायिक वनका अध्यक्षसहित पदाधिकारी र वन कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सव डिभिजन वन कार्यालयका निमित्त प्रमुख मुकेश दास, रतनपुरी सामुदायिक वन संजालका अध्यक्ष धनबहादुर खुलाल, बारा डिभिजन वन कार्यालयका सहायक वन अधिकृत जवहार कुर्मी र तामागाढी सव डिभिजन वन कार्यालयका प्रमुख सुरेश भगतलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै डिएफओ झाले सबैलाई समेटेर वन संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।



















