राजन कुमार बानिया
पोखरिया,विगत केहि समयदेखि दुई वटै हातमा घाउ हुने रोगबाट पीडित पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ४ लंगडीका ३० वर्षिय मुखदेव महतो आर्थिक अभावमा उपचार सेवाबाट बन्चित हुनुभएको छ ।शुरुमा मुखदेवको एउटा हातको औंलामा घाउ भएको थियो । खर्च अभावमा राम्रो अस्पतालमा गएर उपचार गराउन नसकेपछि उहाँले स्थानीयस्तरमा उपचार गराउँनुभएको थियो । तर अहिले हातको सबै औंलामा घाउ फैलिएर उहाँ जीवन मरणको दोसाँधमा पुग्नुभएको छ ।

पीडित मुखदेव कम्करको आर्थिक अवस्था नाजुक छ । खेती किसानीका लागि जग्गा जमिन छैन र बस्नका लागि एउटा सानो घर मात्रै छ । उहाँको घरको छानो परालले छाएको छ । त्यही परालको छानो पनि हावा हुरी र वर्षाबाट जोगाउन पलास्टिकले छोपिएको छ । तर घाम लागेको दिन छतबाट सूर्य देखिन्छ भने वर्षातमा घरभित्रै पानी पस्ने समस्या छ । मौसमको चुनौतिलाई प्लास्टिकको जोगाडले थेग्न सकेको छैन ।मुखलालको परिवारमा श्रीमती, एक छोरा र छोरी छन् । छोरीको शारीरिक अवस्था पनि कमजोर छ ।

घरमा कमाएर ल्याउने मुख्य मान्छे नै असक्त भएपछि परिवारमा हातमुख जोडने समस्या छ । रोगको उपचार गराउने कुरा त कता हो कता परिवारमा खाने र लाउने कुराको समस्या छ ।‘काम गरेर परिवार चलाउने सदस्य नै रोग लागेर थला परेको छु । बिरामी र कमाई नहुँदा परिवार नै मर्कामा परेको छ । राम्रो स्वास्थ्य संस्थामा उपचार गराउन नसक्दा रोग दिन प्रतिदिन फैलौदो छ ।’ उहाँले भन्नुभयो । परोकारी मन भएकाले आफ्नो उपचारमा सहयोग गरिदिए आफू र आफ्नो परिवारका सदस्यको जीवन चलाउन सजिलो हुने आशमा बस्नुभएको छ, उहाँ ।
‘म गरिब छु । मेरो हातमा केहि छैन । तपाईहरुको सहयोगले जिन्दगी बच्न सक्छ ।’ सहयोगको अपेक्षा गर्दै उहाँले भन्नुभयो । महतोको साना नालाबाला शिक्षाबाट पनि बञ्चित छन् । र एउटा छोरी पनि शारीरिक रुपमा फरक क्षमता की छिन् । महतोले समयमा सहयोग प्राप्त गरेर उपचार नपाए उहाँको जीवन जोखिममा पर्ने हाम्रा सहकर्मी राजन कुमार बानियाले बताउनुभयो । बानियाका अनुसार महतोको उपचारमा अहिले लाखौँ रुपियाँ खर्च लाग्ने भएकोले स्थानीय संघ संस्था र परोपकारी मनका धनी व्यक्तिसँग सहयोगको अपेक्षा गरिएको छ ।महतोलाई सहयोग गर्न इच्छुक व्यक्तिले उहाँको एनआईसी एसिया बैंकको खाता नम्बर ०८७६२०३८९५२४००१ मा रकम जम्मा गर्न सकिने बानियाले बताउनुभएको छ ।

Leave a Reply