कृपा संवाददाता
हेटौंडा – बागमती प्रदेशका जिल्लार्मा यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमणको ७ हजार १ सय ४३ जनामा परीक्षण गरिएको छ । प्रदेशका १३ वटै जिल्लार्मा यापिड टेष्ट गर्दा १४ जनामा पोजेटिभ देखिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुसोत्तम सेडाईले जानकारी दिनुभयो । हिजो मात्र बागमती प्रदेशमा ४ सय ७५ जनाको आरडीटी विधिबाट परिक्षण गरिएको हो र्। यापिड टेष्टको कामलाई अरु प्रदेशमा जस्तै बागमती प्रदेशमा पनि तिव्रता दिइएको छ ।

 

 

मकवानपुरका दश वटै स्थानीय तहमा गरेर ४ सय ८० जनार्को यापिड टेष्ट गरिएको छ । उनीहरु मध्य चार जनाको पोजेटीभ देखिए पनि पीसीआरबाट भने नेगेटीभ रिपोर्ट प्राप्त भएको सामाजिक विकास मन्धालयलय जनाएको छ । अरु ४ सय ७६ जनाको आरडीटी रिपोर्ट नेगेटीभ आएको छ र्। यापिड टेष्ट हेटौंडामा सवैभन्दा धेरै र गाउँपालिका स्तरमा पनि गरिदै आएको छ । विशेषगरी कोरोनाको संका लागेकाहरुमा र विदेशबाट फर्किएकाहरुलाई लक्षित गरेर्र यापिड टेष्ट गरिएको हो ।

 

 

यापिड टेष्ट काठमाण्डौमा २ हजार २ सय २५ जना, भक्तपुरमा ३ सय ४६ जना, ललितपुरमा ४ सय ५६ जना, रसुवामा ५५ जना, नुवाकोटमा ४ सय ८४ जना, धादिङमा ५ सय ३८ जना, चितवनमा ७ सय १७ जना, सिंधुलीमा ४ सय ५९ जना, रामेछापमा १ सय ५५ जना, दोलखामा ३ सय ३३ जना, काभ्रेमा ४ सय ७९ जना, सिन्धुपाल्चोकमा ४ सय १४ जनामा गरिएको हो । हिजो मात्र ४ सय ५५ जनार्मा यापिड टेष्ट गरिएको मन्त्रालयले जनाएको छ ।यसरी नै हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा सञ्चालन गरिएको कोरोना भाइरस (कोभिड १९) को ल्यावमा हाल सम्म तीन सय ३८ जनाको स्वाब परिक्षण सकिएको छ । कोरोना जाँच गरिएका मध्य तीन जनाको स्वाब रिपोर्ट पोजेटिभ आएको हो । तीनै जनाको रिपोर्ट यसअघिनै सार्वजनिक गरिएको छ ।

 

 

हेटौंडाको ल्यावमा निरन्तर रुपमा कोरोना भाइरसको संका लागेका विरामीको स्वाब परिक्षण गरिदै आएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अस्पताल विकास तथा चिकीत्सा सेवा महासाखाका प्रमुख डाक्टर पुरुशोत्तम सेडाईले जानकारी दिए । हेटौंडाको ल्यावमा मकवानपुर, बारा, पर्षा, रौतह लगायतका जिल्लाबाट स्वाब परिक्षणका लागि ल्याउने गरिएको छ ।

Leave a Reply