हुन त छिमेकी प्रदेसको कुरा हो तर यस्तो बेतिथि नै गर्ने भए किन चाहियो र संघीयता ? संघीयताको विरुद्धमा आवाज त्यसै उठेको पनि होइन र बागमती प्रदेशमा भएको गतिविधिले संघीयता अझै कमजोर बन्ने निश्चित छ ।काँग्रेसकै सरकार ढालेर काँग्रेस नेतृत्वमा सरकार,त्यो पनि फेरि आठ महिनाका लागि मात्र । योभन्दा लाजमर्दो कुरा केही होइन । मुख्यमन्त्रीको कुर्सीमा बस्न पाउँदा इन्द्र बानियालाई गज्जब लाग्छ होला, उहाँका आसेपासेलाई फाइदा हने नै भयो तर समग्रमा यसले फाइदा गर्दैन । यो एकदमै गलत अभ्यास हो ।

प्रतिपक्ष मात्र होइन सत्ताको साझेदार दल समेत रमिते मात्र होइन यो अभियानको एक अंसियार नै बनिदियो । यो गलत हो भनेर एक पटक समेत बोलेन । हत्त न पत्त बानियाँलाई मुख्यमन्त्री बनाउनका लागि एमाले पनि अग्रसर नै भयो ।
काँग्रेसबाट नै मुख्यमन्त्री बनेका बहादुर सिंहले धेरै राम्रो काम गरेका थिए भन्न खोजिएको पनि होइन तर एक एक वर्षमा सरकार गिराउने कुरा राम्रो अभ्यास होइन ।

अर्को पार्टीले सरकार ढालेको भएपनि त्यसको फरक तरिकाले विश्लेषण र टिप्पणी हुन्थ्यो होला तर यहाँ त बिलकुल आफ्नो स्वार्थका लागि हुँदाखाँदाको सरकार ढालियो । यहाँ जे गर्दा पनि हुन्छ भन्ने परेको छ । अब यसले किन संघीयता गलत छ नै भन्ने देखाउने मात्रै होइन प्रदेशमा पनि प्रत्यक्ष निर्वाचित प्रणाली आवश्यक छ भन्ने देखाउछ । यस्तो नमिठो अभ्यासले संघीयता बलियो कुनै हालतमा हुँदैन ।

Leave a Reply