पुष्पराज खतिवडा

मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ ले शनिवार भूमिहिन, सुकुम्बासी र अव्यस्थित बसोबासीहरुले दिएको निवेदनमा निवेदन दर्ताको निस्सा वितरण गरेको छ ।मनहर्वास्थित वडा कार्यालय परिसरमा आयोजित निस्सा वितरण कार्यक्रमको जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले उद्धाटन गर्नुभएको हो । प्रमुख अतिथिसमेत रहनुभएका पौडेलले निस्सा वितरण जग्गा प्राप्तिको महत्वपूर्ण प्रकृया अन्तर्गतको काम भएको बताउनुभएको छ । उहाँले निवेदन संकलनपछिको निस्सा वितरण, नाप नक्सा लगायतका कामलाई सरलढंगबाट सहजीकरण गरी प्रकृयालाई सम्पन्न गर्न वडाबासीलाई अनुरोध गर्नुभयो । ‘विवाद रहितढंगबाट वडाले सम्पन्न गर्ने काममा यहाँका सामाजिक अगुवा, पार्टी प्रतिनिधि र वडा स्तरीय सहजीकरण समितिका साथीहरुलाई आग्रह गर्नचाहन्छु’ नगरप्रमुख पौडेलले भन्नुभयो । ‘विवाद भएमा जग्गा वितरण प्रक्रियामा समस्या आउन सक्छ । यस्ता समस्याले समाधान दिन नसक्ने हुँदा स्थानीयस्तरमा उत्पन्न जग्गा सम्बन्धी समस्या यहीँ समाधान भएर आवस् ।’ उहाँले भन्नुभयो– त्यसपछि नगरस्तरीय सहजीकरण समितिले आवश्यक प्रक्रिया पुरा गरी जतिसक्दो छिटो लालपुर्जा वितरण हुन ेगरी भुमि आयोगमा पठाउने छ ।’वडामा दर्ता भएका ९ सय १७ जनालाई निस्सा वितरणको कामको सुरुवात गरिएको वडा अध्यक्ष चतुरबाबु वाग्लेले बताउनुभयो । शनिवारमात्रै ३ सयभन्दा बढीले निस्सा बुझेकाछन । बाँकीलाई आइतवारबाट नियमित गरिने बताइएको छ । निस्सा वितरण कार्यक्रममा उपमहानगरपालिका उपप्रमुख भोलाप्रसाद अधिकारी, वडा नं.१८ का वडा समिति सदस्य लक्ष्मीमाया वल, चेतबहादुर आले, रन्दीर चौधरी, अदरी देवी चमईन, पूर्ववडा अध्यक्ष अर्जुनप्रसाद दाहाल, वडा नं. १४ का पूर्ववडा अध्यक्ष रामशरण बर्तौला, स्थानीय कृष्ण वाग्ले, राजेश भण्डारी, बसन्त खतिवडा लगायतको सहभागिता रहेको थियो ।वडा सचिव सीमा उप्रेतीको संचालन तथा वडा अध्यक्ष चतुरबाबु वाग्लेको अध्यक्षतामा निस्सा वितरण उद्धाटन कार्यक्रम सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here