राजन कुमार बानिया
पर्सा १२ पुस,सशस्त्र प्रहरी बेसक्याम्प पोखरियाले पिकप गाडीसहित ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।
पर्साको पोखरिया नगरपालिका वडा नम्बर ३ बसततपुरबाट बा ५ च ६५५३ नम्बरको पिकप भ्यानमा लोड रहेको अवस्थामा १ सय ५० किलोग्राम गाँजा सशस्त्र प्रहरी बेस केम्प पोखरियाका सशस्त्र प्रहरी निरीक्षक बिरेन्द्र सेनको कमाण्डमा रहेको टोलीले बरामद गरेको हो ।
मकवानपुर जिल्लाबाट पर्साको मुडलीतर्फ लैजादै गरेको अवस्थामा वीरगन्ज– मुडली सडकखण्डबाट गोप्य सूचनाको अधारमा पिकप भ्यान चेक जाँच गर्दा गाँजा बरामद भएको हो । सशस्त्र प्रहरीको टोलीलाई देखेपछि पिकप गाडी छोडेर चालक फरार भएको प्रहरीले जनाउको छ । बरामद गाँजा र पिकअप ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको प्रदेश नम्बर २ का सशस्त्र प्रहरी प्रमुख गणेश ठारामगरले जानकारी दिनुभएको छ ।