वीरगन्ज,स्थानीयले उद्धार गरेर वन कार्यालयको जिम्मा लगाएको घाइते मृग जनप्रतिनिधि र प्रहरीको रोहबरमा पुरिएको छ ।पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ३ कटैयाको वन जंगलबाट भागेर आउँदा कुकुरले लखेटिरहेको अवस्थाबाट मधेश प्रदेशका निवर्तमान प्रदेश सभा सदस्य अब्दुल रहिम (मन्जुर) अन्सारीले उद्धार गरेर रङ्गपुर सब डिभिजन वन कार्यालयमा बुझाउनुभएको थियो ।आइतवार वन कार्यालयमा बुझाइएको मृग सोमवार बिहान मृत अवस्थामा रहेको हुँदा जनप्रतिनिधि, सुरक्षाकर्मी एवम् सञ्चारकर्मीको रोहबरमा खाल्डो खनेर पुरिएको हो ।पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ का वडा सदस्य राजदेव महतो उराव, प्रहरी चौकी रङ्गपुरका प्रतिनिधि, नेकपा एमाले गाउँपालिका कमिटीका सदस्य बिरेन्द्र चौधरी, धार्मिक वन समितिका अध्यक्ष कुमार बस्नेत, समाजसेवी रामचन्द्र चौधरी लगायतको उपस्थितिमा मृगलाई खाल्डो खनेर पुरिएको हो ।३४ ईन्च लम्बाई र २१ ईन्च उचाई रहेको खैरो रङ्गको पोथी मृत मृगलाई सब डिभिजन वन कार्यालयको कम्पाउण्डभित्र खाल्डो खनेर पुरिएको सब डिभिजन वन कार्यालय रङ्गपुरले जनाएको छ ।

Leave a Reply