काठमाण्डौं,२०७२ सालको भूकम्पबाट ढलेको धरहराको पुनर्निर्माण सम्पन्न हुने अवस्थामा पुगेको छ ।
तीन वर्षअघि नै २०७८ सालको बैशाख ११ गते नै प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको धरहराको बल्ल पूर्ण रुपमा निर्माण सम्पन्न हुने अवस्थामा पुगेको हो ।

आगामी असोज ३ गतेदेखि सर्वसाधारणले धरहरा चढेर काठमाडौंको दृष्यावलोकन गर्न पाउने भएका छन् । शहरी विकास मन्त्रालयले असोज ३ देखि सर्वसाधारणका लागि धरहरा प्रवेश खुला गर्न लागेको हो ।ऐतिहासिक सम्पदा भए पनि पछिल्लो पटक पुनर्निर्माण गर्दा धरहरालाई बहुउपयोगी आधुनिक भवनको रूप दिइएको छ । धरहराको तीन तलासम्म सवारी पार्किङस्थल छ । जसमध्ये पहिलो एक तला सर्वसाधारणका लागि पार्किङ गर्न खुला गरिएको छ ।
पुरानो धरहराले ओगटेको क्षेत्र विस्तार गरी गोस्वारा हुलाक, टक्सार विभाग, नेपाल बैंक र सुन्धारा रहेको क्षेत्रलाई पनि एकीकृत रूपमा विकास गरिएको छ । अघिल्लो पटक निर्माण सम्पन्न नहुँदै उद्घाटन गरेर सरकारबाट बाहिरिनुभएका ओलीले अहिले फेरि प्रधानमन्त्री बनेपछि धरहरा सञ्चालनका लागि ताकेता गर्दै आएको हो ।प्रधानमन्त्री ओलीले गत साउन १४ मा मन्त्री तथा सचिवहरूलाई धरहरा छिटो सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको थियो ।

Leave a Reply