आरके राजन
सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ कंकाली माध्यामिक विद्यालयको प्राङ्गणमा साना किसान कृषि सहकारी संस्थाको पाँचौ साधारण सभा सप्पन्न भएको छ । साना किसान कृषि सहकारी संस्थाको पाँचौं साधारण सभा आइतवार सम्पन्न भएको हो ।

संस्थाको संचालन समितिको अध्यक्ष ललितादेबी तात्वाको अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थाको प्रगती, चुनौती र भावी योजना तर्जुमा लगायत बिषयमा प्रतिवेदन प्रस्तुत गरिएको थियो ।सिम्रौनगढ नगरपालिकाका प्रमुख किशोरी साह कलवारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारण सभामा संस्थाका अध्यक्ष ललितादेबीले अध्यक्ष प्रतिवेदन, नितुशिला कुमारीले लेखा प्रतिवेदन, संस्थाका प्रबन्धक दिलिपकुमार कर्णले प्रबन्धक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
यस्तै संस्थाका आबद्ध शेयरधनी सदस्य र छात्रछात्रालाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

साधारण सभामा प्रमुख अतिथि सिम्रौनगढ नगरपालिकाको मेयर किशोरी साह कलवार, कृषि ज्ञान केन्द्र कलैयाको प्रमुख राजनरायण साह, साना किसान सहरी सस्थाका अध्यक्ष मिश्रीलाल सहनी, साना किसान हेटौडाका बिनोद कुमार पन्डित, दिगो सहकारी संस्था कचोर्वाका अध्यक्ष रामबाबु प्रसाद यादव, पत्रकार रामेश्वर मेहता, रामबाबु मेहता, पुष्पराज खतिवाडा, कान्तिदेबी चौधरी, अनन्जयकुमार निरालालगायतका वक्ताहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।साना किसान सहकारी सस्थाका उपप्रबन्धक पासपती कुमारीकोस्वागत र सहजीकरण सस्थाका प्रबन्धक दिलिप कुमार कर्णले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here