निजगढ,निजगढ ९ को सेवा सुभारम्भ बचत तथा ऋण सहकारी संस्थाले निजगढले साविक निजगढ गाविसका अध्यक्ष एंवम समाजसेवी स्वर्गीय नन्दीकेशर न्यौपानेलाई ‘सेवासुभारम्भ लाइफ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरेको छ ।
सहकारीको शनिवार भएको १४औं साधारण सभामा निजगढ गाविसका पूर्व अध्यक्ष न्यौपानेलाई मरणोप्रान्त ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरेको हो । कार्यक्रमकी प्रमुख अतिथि मधेस प्रदेश सभा सदस्य मिना लामाले नन्दीकेशरकी धर्मपत्नी सुभद्रा न्यापानेलाई सो अवार्ड प्रदान गर्नुभएको थियो ।
संस्थाले निजगढको सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउदैआएका महानुभावहरु मध्ये एकजनालाई वर्ष ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गर्दैआएको छ ।साधारण सभामा नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी समिर तामाङ्गलाई सेवा प्रतिभा पुरस्कारबाट सम्मानित गरेको छ । तामाङ्ग निजगढ ८ का बासिन्दा हुन । त्यसैगरी साधारण सभाको अवसरमा २०७९ सालको प्लस टु परीक्षामा शेयर सदस्य घर परिवारका सदस्यबाट सर्वोत्कृष्ट अंक ल्याइ उतीर्ण हुने सामुदायिक विद्यालयका १ र संस्थागत विद्यालयबाट १ जना गरी २ जना छात्रछात्रालाई पनि ‘सेवा शुभारम्भ छात्रवृत्ति’ पुरस्कारबाट सम्मानित गरिएको छ ।
कार्यक्रममा सहकारी संचालक समितिका अध्यक्ष घिमिरेले पेस गरेको संस्थाको प्रगति प्रतिवेदन र व्यवस्थापक विवेककुमार ठाकुरले संस्थाको आर्थिक कारोबारसम्बन्धि प्रतिवेदन सभाले सर्वसम्मत पारित गरेको छ । निजगढमा रहेको सेवा र शुभारम्भ सहकारी संस्थाको एकीकरणपछि ०७६ सालबाट संचालनमा आएको सेवासुभारम्भ सहकारीमा हाल ६ हजार २ जना शेयर सदस्य रहेका छन ।