सिमरा,जनज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेड डुमरवानाका कोषाध्यक्ष गोविन्द शर्माले कोषाध्यक्ष पदबाट राजीनामा दिनुभएको छ ।संस्थाको १४औं वार्षिक साधारण सभाको अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै कोषाध्यक्ष शर्माले दोहोरो पदमा रहन नपाउने उपमहानगरको कानुनलाई पालना गर्दै आफूले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो ।
शर्मा उपमहानगरकै डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडमा पनि कोषाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । दुग्ध उत्पादक कृषक समेत रहेका शर्माले जनज्योती सहकारीबाट पदीय जिम्मेवारी त्यागे पनि संस्थालाई आफूले जानेको सल्लाह सुझाव ंिदएर सधै संगै रहने बताउनुभयो ।
जीतपुरसिमरा उपमहानगरका नगर प्रमुख राजन पौडेलले जनज्योती सहकारी र त्यसका सञ्चालकहरुको प्रशंसा गर्दै नगर कानुनको पालनाका लागि अग्रसर भएकोमा उपमहानगरका तर्फबाट धन्यवाद व्यक्त गर्नुभएको थियो ।
बारा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष सतेन्द्र ठाकुरले बारा जिल्लामै उदाहरणीय कार्य गरिरहेको भन्दै सहकारीको प्रशंसा गर्नुभयो ।
संस्थाका अध्यक्ष भिमबहादुर केसीको अध्यक्षता तथा सचिव यज्ञप्रसाद तिवारीको सहजीकरणमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष केसीले संस्थागत प्रतिवेदन, व्यवस्थापक गिता कँडेल सापकोटाले संस्थाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष गोविन्द शर्माले आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक प्रेम पौडेलले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभाले सबै प्रतिवेदनहरु सुझाव सहित पास गरेको सचिव तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार जनज्योती सहकारीले ४५१ म्हिला सहित ९५४ जना शेयर सदस्यका बीच साढे ६ करोडको कारोबार गरिरहेको छ ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका १४ स्थित जनता माध्यमिक विद्यालयबाट २०८० सालको एसईई र कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

Leave a Reply