हेटौडा – बागमती प्रदेशको दुईवटा मन्त्रालयमा राखिएको पाँचवटा राष्ट्रिय झण्डाको कन्तविजोग भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नंबर १ चौकिटोल ओरालोमा रहेको भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय तथा भौतिक पुर्वाधार विकास मन्त्रालय रहेको भवनमा राखिएको नेपालो झण्डा च्यातिदाँ समेत सम्वन्धित मन्त्रालयले ब्यवस्था गरेको पाईएको हो ।
हेटौँडाबाट काठमाण्डौँको लागि नियमित हजारौ सबारीसाधन हिडने राजमार्गसँगै रकेको मन्त्रालयमा रहेको ति च्यातिएको राष्ट्रिय झण्डाले सबैको ध्यानाकर्षण गरेको पाईन्छ । नेपालको गौरवको रुवमा रहेको राष्ट्रिय झण्डा च्यातिएर धुजाधुजा हुँदा समेत सम्वन्धीत दुबै मन्त्रालयले कुनै वास्ता गरेको पाईएन् ।
झण्डाको तस्बिर खिच्ने क्रममा भेटिएका हेटौँडाका स्थानीय निशम वाग्लेले सरकारले राष्ट्रिय झण्डाको अपमान गरेको बताए । आफुले पनि सो तस्बिर खिचेर सामजिक सञ्जाल मार्फत सरकारलाई सचेत गराउन लागेको उनको भनाई छ ।