करैयामाई,बाराको करैयामाई गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय करैया बाराको दसौँ गाउँ सभा र आर्थिक वर्ष २०७८÷०७९ को दोस्रो विशेष गाउँ सभा सम्पन्न भएको छ ।

गाउँपालिकाको २०७८ सभाहलमा भएको सो गाउँ सभामा आर्थिक वर्ष २०७८÷०७९ को लागि ४९ करोड ५८ लाख ६५ हजार ७ सय ९० रूपैयाँको संशोधनसहितको बजेट गाउँपालिका समक्ष गाउँपालिकाकी उपाध्यक्ष एवम् योजना तर्जुमाकी संयोजक चित्ररेखा कुमारी चौधरीले प्रस्तुत गर्नु भएको छ ।

गाउँपालिकाका अध्यक्ष भुनेश्वर धामीको अध्यक्षतामा भएको सो गाउँ सभामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयशंकर चौधरी, योजना अधिकृत बिरेन्द्र महतो, लेखा अधिकृत द्धारिका चौधरी, लेखा सहायक धिरजानन्द साह, सूचना प्रविधि अधिकृत लालबाबु कुशवाहा, वडा नम्बर १ का वडा अध्यक्ष सोनालाल साह, वडडा नम्बर २ को वडा अध्यक्ष सुरेन्द्रप्रसाद चौधरी, वडा नम्बर ३ का देवेन्द्रप्रसाद केशरी, ४ का वडा अध्यक्ष जनाबी खातुन, ५ का वडा अध्यक्ष उमेशप्रसाद चौधरी, ६ का वडा अध्यक्ष राजकुमार चौधरी, वडा नम्बर ७ का अध्यक्ष बृज चौधरी, गाउँपालिकाका अन्य जनप्रतिनिधि र कर्मचारी तथा राजनितिक दलका प्रतिनिधि र स्थानीय समाजसेवी तथा सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य संयोजक रामनाथ चौधरीको अनिवार्य अवकाश गाउँपालिका अध्यक्ष धामी उपाध्यक्ष चौधरी र स्वास्थ्य शाखामा बहाली हुनु भएका स्वास्थ्य संयोजक जितेन्द्र पासवानलगायत स्वास्थ्य शाखाका कर्मचारीहरूद्धारा फूलमाला लगाई दोसला ओढाई मायाको चिनो प्रदान गरि सम्मानको साथ बिदाई गरिएको छ ।

स्वास्थ्य शाखा प्रमुख चौधरीले उमेर हदका कारण गत मंसिर ३ गते सेवाबाट अनिवार्य अवकास पाउनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here