निजगढ – प्रदेश नम्बर २ सरकारले सुरु गरेको मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा विमा बैँक खाता सञ्चालन शिविर कार्यक्रम निजगढ नगरपालिकामा बुधबार सम्पन्न भएको छ । निजगढ नगरपालिका भरीका १ सय ८ छोरिहरुको प्रभु बिकास बैंकमा बिमा खाता संचालन गरेर शिविर सम्पन्न भएको हो ।
कार्यक्रम अन्र्तगत निजगढ नगरपालिकाका वडा नम्बर १ देखि वडा नं ९ सम्मका ६५ जना छोरीहरुको बिमा खाता संचालन गरिएको छ । बुधबार वडा नं ६ स्थित गौरिशंकर माविमा ९ वडाका छोरीहरुको लागि शिविर संचालन गरिएको थियो । निजगढमा हिजोबाट संचालन भएको कार्यक्रमको पहिलो दिन वडा नं ११ स्थित नेरामावि रतनपुरमा शिविर संचालन भएको थियो ।
वडा नम्बर १०, ११, १२र १३ का ४ वडाका ४३ जना छोरीहरुको शिक्षा बिमा खाता खोलिएको थियो । २०७५ माघ १ गतेयता जन्मेका छोरीहरुको छोरी शिक्षा विमा बैँक खाता सञ्चालन शिविर प्रदेशभरी संचालन भईरहेको छ ।