वीरगञ्ज,पर्साको पटेर्वासुगौलीमा बाघको आक्रमणमा परी एक महिला घाइते भएकी छिन् । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर– २ मकवानी बस्ने बैजनाथ रामकी श्रीमती अन्दाजी बर्ष ३५ की चाँदनीदेवी बाघको आक्रमणबाट घाइते भएकी हुन् ।सात बिघा भन्ने ठाउँमा घास काट्ने क्रममा अचानक जंगलबाट निस्किएको बाघले उनलाई झम्टिएको थियो । बाघको आक्रमणबाट चाँदनीदेवीको बाँया हातमा चोट लागेको छ ।घाइते उनलाई उद्धार गरी उपचारका लागि नारायणी अस्पतालमा ल्याइएको प्रहरी चौकी रंगपुरले जनाएको छ । उनको मध्यम अवस्थामा उपचार भइरहेको छ । महिलालाई अक्रमण गरेपछि बाघ जंगलतर्फ भागेको स्थानीयले बताएका छन् ।

Leave a Reply