निजगढ,निजगढ नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयले मंगलवार योजना टोलको सडक किनारामा वृक्षारोपण गरेको छ ।पूर्वपश्चिम राजमार्गको भमरा पुलबाट उत्तरतर्फ २ सय ५० मिटरभित्रसम्म सडकको दुबै किनारमा धुरी र अश्वका विरुवा रोपिएको वडा अध्यक्ष टेकबहादुर लामाले जानकारी दिनुभयो । उहाँका अनुसार सो अवसरमा सडक किनारामा धुपीको २५० र अश्वका ५६ वटा विरुवा रोपिएको छ ।वृक्षारोपण कार्यक्रममा जनप्रतिनिधि, वन कर्मचारी र जनज्योति सामुदायिक वन समूहका अध्यक्ष खडकबहादुर लामा सहितको सहभागिता रहेको थियो ।

Leave a Reply