जीतपुर,बाराको जीतपुुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा बुधवार बिहान घरदैलो नेकपा एमालेले चुनावी घरदैलो कार्यक्रम आयोजना गरेको छ ।

बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको चुनाव लडेका उम्मेदवारहरुले वडाका मतदाताहरुको घरदैलो गरेका हुन ।

घरदैलो कार्यक्रममा नेकपा एमालेबाट वडाध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएका सुनिल गुप्तासहित वडा कार्यसमितिका सदस्यहरु सीता उप्रेती, महम्मद नुरुल्लाह अंसारी, नविन मैनाली, ललिता पासवान लगायत सयौं कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रममा पार्टीका जिल्ला सल्लाहकार समिति सदस्य आफताब आलमका अनुसार शिवपार्वतीटोलबाट सुरु गरिएको घरदैलो कार्यक्रम चौधरीटोल, पहाडीटोल, बोरिनटोल हुँदै वडा नम्बर.७ स्थित पार्टी कार्यालयमा पुगेर समापन भएको थियो ।

Leave a Reply