कलैया, आशा लघुवित्त वित्तीय संस्थाले २०८० मंसिर २३ गते देखि मंसिर २६ गते सम्म संस्थाको मधेश प्रदेश अन्तर्गतको पोखरिया र वीरगन्ज शाखाकार्यालयहरु मार्फत २ दिने सीपमूलक तालिम संचालन सम्पन्न गरेको छ ।उक्त तालिमबाट करिव १०० जना महिलाहरु प्रत्यक्षरुपमा लाभान्वितभएको र यस संगै वित्तीय संस्थाले शाखाकार्यालयहरुमा आबद्ध सदस्यहरु मध्ये प्रथम चरणमा ८४०जनामहिला सदस्यहरुलाई निःशुल्क रुपमालुगाधुने सर्फ, अचार, स्याम्पु,ह्यान्डवास, टिकाविन्दी, चुरा गहना, र दालमोठ बनाउने तालिम प्रदान गरिने लक्ष्य लिएको छ । वित्तीय संस्थाकाप्रमुखकार्यकारी अधिकृत श्री बद्री प्रसाददुलालले यस्ता सीपमूलकतालिमहरु आगामीदिनमावित्तीयसंस्थाको ४५ जिल्लामा रहेको १४६ वटैशाखाकार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीपअभिवृद्धि सहितआत्मनिर्भरतातर्फ उन्मुख गराउनवित्तीय संस्थाक्रियाशील रहने विचार समेत व्यक्तगर्नुभयो ।उक्ततालिमवित्तीय संस्थामाकार्यरत कर्मचारी कल्याणी खरेल लगायत टिमले प्रशिक्षण दिनुभएको हो ।वित्तीय संस्थाले हालकरिव १ लाख तेत्तिस हजार जनामहिला सदस्यहरुलाई वित्तीय सेवाप्रदानगर्दै गरेको छ ।



















