आरके राजन
सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ कचोर्वामा रहेको कृषि विकास संरक्षण समाज कचोर्वा समुदायिक बीउ बैंकको २१ औं साधारण सभा शुक्रवार सम्पन्न भएको छ ।कृषि विकास संरक्षण समाजको सभा कक्षमा भएको सो कार्यक्रममा बोल्दै सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरीप्रसाद कलवारले संस्थाले गाउँमा लोपोन्मुख अवस्थामा रहेको विभिन्न प्रजातिको कृषि बालीको बिउ संरक्षण र नयाँ जातको बिउ विकास गरेर किसानको हितमा महत्वपूर्ण काम गर्दैआएको बताउनुभयो । उहाँले संस्थामार्फत हुँदैआएको कृषि सम्बन्धि परम्परागत ज्ञान, सीप र प्रविधिको विकास अभिलेखीकरण र नयाँ पुस्तामा हस्तान्तरण जस्ता कार्यले देशलाई खाद्यान्नमा आत्मानिर्भर तुल्याउन र रोजगारी सृजनामा सहयोग पुगेको बताउनुभएकोे थियो ।

नगर प्रमुख कलवारले संस्थाको विकासको लागि प्रस्ताव तयार पारेर नगरपालिकामा पेस गर्न आग्रह गर्दै कार्यालयले सक्दो सहयोग गर्ने बताउनुभयो । सोही कार्यक्रममा उहाँले संस्थालाई ५ लाख रुपैया सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो ।कृषि विकास संरक्षण समाजका अध्यक्ष रामबाबु यादवको अध्यक्षता भएको सो सधारण सभामा संस्थाका पूर्वअध्यक्ष रामएकवाल प्रसाद यादव, साना किसान सहकारी संस्था सिम्रौनगढ प्रमुख दिलिप कर्ण, कृषि विकास संरक्षण समाजका सस्थापक अध्यक्ष महानारायण प्रसाद यादव, सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रामएकवाल यादव, पत्रकार लक्ष्मी साह सोनारलगायतको सहभागिता रहेको थियो ।साधारणभाको बन्द सत्रले रुपनारायण प्रसाद यादवको अध्यक्षता ९ सदस्यीय नयाँ कार्यसमिति पनि गठन गरेको छ । जसको उपाध्यक्षमा कुमारी कृष्णा, सचिवमा महानारायण प्रसाद यादव, सहसचिवमा नवलकिशोर ठाकुर, कोषाध्यक्षमा पारस साह सोनार र सदस्यहरुमा रामबाबुप्रसाद यादव, बचु साह तेली, प्रेमी देबी बरै र मीनाकुमारी सोनार रहेका छन ।

Leave a Reply