नरेश गुप्ता

बरियारपुर,बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १९ ईनरबारीस्थित छठघाटमा भएको झडपमा परि घाइते भएका राधेश्याम पटेलको अवस्थामा क्रमिक सुधार हुँदै आएको छ ।

छठ मनाउने क्रममा पडका पडकाएको भन्दै स्थानीय मुस्लिम समुदायका केही व्यक्तिले बिरोध जनाएपछि उत्पन्न विवादमा दुई पक्षबीच भएको झडपमा परी कार्तिक २४ गते पटेल गंभीर घाइते बन्नुभएको थियो । घाइते पटेलको वीरगन्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको आफन्त सुरेन्द्र पटेलले जानकारी दिनुभयो ।

पटेलमाथि भएको आक्रमणको विरोधमा दोषिमाथि कारबाहीको माग गर्दै स्थानीयले ईनरबारी र कलैयाा प्रदर्शन गरेका थिए । घटनापछि आक्रोशित हिन्दू समुदायका केही व्यक्तिहरुले बक्कसिस मियाँको घर तोडफोड गरेका थिए । घटनाको भोलिपल्ट बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले इनरबारी क्षेत्रको स्थलगत अनुगमन गरी घटनालाई साम्प्रदायिक रुप नदिन र सामाजिक सद्भाव कायम राख्न स्थानीयसंग आग्रह गर्नु भएको थियो ।

जिल्ला प्रहरी कार्यलय बारामा घटनाका दोषिलाई कार्वाही गर्न भन्दै शिवनारायण राउत कुर्मीले ८ जनामाथि किटानी जाहेरी दिइएका छन । घटनामा दोषि देखिएको कलैया उपमहानगरपालिका वडा नम्बर १९ ईनरबारीका अब्जम मिया ठकुराई, लालबाबु ठकुराई ,नजबुलाह, लतिफ मिया ठकुराई, हसमुल्लाह ठकुराई, जफिर ठकुराई, गनी ठकुराईमाथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको छ । बारा प्रहरीले घटना भएको दिन स्थानीय नाजिर हुसेनलाई पक्राउ गरि अनुसन्धान कार्य अगाडि बढाएको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here