कलैया –  बाराको कलैया उपमहानगरपालिकाको वडा नम्बर ८ को नवनिर्मित वडा कार्यालय भवनको नगर प्रमुख विनोदप्रसाद साहले उद्घाटन गर्नुभएको छ । स्थानीय दाताले दिएको जमिनमा जिल्ला समन्वय समिति बारा, कलैया उपमहानगरपालिका र वडा कार्यालयको आर्थिक सहयोगमा निर्माण गरिएको सो भवनको नगर प्रमुख साहले बुधबार एक कार्यक्रमबीच रिबन काटेर उद्घाटन गर्नुभएको वडा अध्यक्ष रञ्जित चौरसियाले जानकारी दिनुभयो ।

वडा अध्यक्ष चौरसियाका अनुसार वडा कार्यालय भवन निर्माणका लागि कलैया उपमहानगरपालिका– ८ निवासी स्वर्गीय धनसुन्दर ठाकुर बढई तथा दुखनी देवी बढईनकी छोरी स्वर्गीय शुभरत्न श्रीवास्तवकी पत्नी सुमित्रा कुमारीले भवन निर्माण गर्न सहयोग स्वरुप १५ धुर जग्गा उपलब्ध गराउनु भएको थियो ।

कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशमलाल कडेल, शिक्षा शाखा प्रमुख राजीवकुमार यादव, वडा नम्बर ६ का अध्यक्ष रामविश्वास ठाकुर, वडा नम्बर ११ का अध्यक्ष अजय कुशवाहा, वडा नम्बर २६ का अध्यक्ष धर्मेन्द्र यादव, वडा नम्बर २७ का अध्यक्ष अशोक तिवारी, वडा नम्बर ८ का वडा सदस्यहरू राजिन्दर ठाकुर हजाम, तारा गिरी, मुख्तार अन्सारी, सनकेसिया देवी तथा वडा सचिव रामजी मण्डल महतोसहित कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply