निजगढ,अखिल नेपाल महिला संघ निजगढ नगर कमिटीले तिज पर्वको अवसरमा शनिवार आयोजना गरेको ‘खुल्ला तिज गीत प्रतियोगिता’ मा निजगढ ४ को राधासर्भेश्वर एकादशी महिला समूह पहिलो भएको छ । पहिलो हुने राधासर्भेश्वरले नगद ५ हजार पुरस्कार पनि जितेको छ ।निजगढका विभिन्न वडाका ४ वटा टोली सहभागी सो प्रतियोगितामा निजगढ २ सिंगौलको सिंगौल महिला समूह दोस्रो भएको छ भने निजगढ ६ स्थित प्रणामी लोकदोहोरी महिला समूह समूह तेस्रो भएको छ । प्रतियोगितामा दोस्रो र तेस्रो हुने समूहले क्रमस ४ र ३ हजार नगद पुरस्कार पाएका छन । त्यसैगरी प्रतियोगितामा सहभागी सिता खडकाले सान्त्वना पुरस्कार जित्नुभएको छ ।

प्रतियोगिताका विजयी महिलाहरुलाई कार्यक्रमकी प्रमुख अतिथि दुर्गा कोइराला, महिला निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग, पूर्व उपप्रमुख लिला लामिछाने खनाल, संघकी निजगढ अध्यक्ष शोभा राउत लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

राष्ट्रिय जनसांस्कृतिक संघकी केन्द्रीय सदस्य एवंम जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ की वडा अध्यक्ष चयन गुरुङ्ग, संघका पूर्व केन्द्रीय सदस्य रामकृष्ण घिमिरे र राष्ट्रिय संगितकर्मी संघ मधेस प्रदेश अध्यक्ष नवराज राउतको निर्णायक मण्डलले प्रतियोगिताका विजयीहरुको छनौट गरेको हो । अनेमसंघ निजगढकी अध्यक्ष शोभा राउतले तिज पर्वलाई सभ्य, स्वच्छ र मनोरञ्जनात्मक रुपमा मनाउने क्रममा महिलाहरुबीच गिती प्रतियोगिता आयोजना गरिएको बताउनुभएको छ ।

Leave a Reply