निजगढ,निजगढ नगरपालिका वडा नम्बर ५ स्वामीको बोटमा सामुदायिक भवनको निर्माण कार्य सुरु भएको छ ।

बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले शिल्यान्यास गरेपछि शुक्रवारबाट निर्माण कार्य सुरु भएको हो । शिल्यान्यास लगत्तै भवन निर्माण थालिएको भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष अम्बिका चौलागाईले जानकारी दिनुभयो ।

४० फिट लम्बाइ र २५ फिट चौडाइको ३ तले पक्की भवनमा राम÷सीत विवाह मण्डपसमेत संचालन हुने उहाँले जानकारी दिनुभयो । एक दशकअघि सोही भवन निर्माण गर्न भनेर आयोजना गरिएको श्रीमद भागवत सप्ताहा ज्ञान महायज्ञमा दानबापत प्राप्त भएको ४५ लाख रकम खर्चेर भवन निर्माण हुने बताएइको छ ।

शिल्यान्यास कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य मैनालीले सामुदायिक विकासको लागि आयोजना गरिने सबै कार्यक्रममा आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । भवन निर्माण समितिका अध्यक्ष चौलागाईको अध्यक्षमा भएको शिल्यान्यास कार्यक्रममा मधेस प्रदेश सभाका सदस्य त्रिलोकी चौधरी, निजगढ नगरपालिकाका नगर प्रमुख सुरत पुरीले सामुदायिक भवन निर्माणको आवश्यकता र महत्वको बारेमा बोल्नुभएको थियो । कार्यक्रमको संचालन निर्माण समितिका उपाध्यक्ष सहदेव गौतमले गर्नुभएको थियो ।

Leave a Reply