पुष्पराज खतिवडा
बारा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ स्थित पिलुवा– कलैया सडकखण्डको शंकरचोक नजिकै शनिवार अपराहन्न एक युवक मृत अवस्थजामा भेटिएका छन् ।

कलैया उपमहानगरपालिका वडा नम्बर २१ भोडहा निवासी महेन्द्र चौधरीका छोरा ३३ वर्षका शंकर चौधरी मृत भेटिएका हुन् । मानसिक समस्यामा रहेका चौधरी शनिवार विहान घरबाट निस्किएका थिए । अपराहन्न १२ बजे सडक किनारको झाडीमा मृत अवस्थामा भेटिएको उनका आफन्तले बताएका छन ।रुद्राक्ष र तुलसीको माला लगाएका र त्रिशुल समेत बोकेर बाबाको नाममा पैसा मागेर उनले मदिरा सेवन गर्दैआएका थिए । अत्याधिक मदिरा सेवनका कारण गर्मीले उनको ज्यान गएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट बुझिएको सिमरा प्रहरीले जनाएको छ ।
सडक किनारमा लामो समयदेखि नचिनेको मान्छे सुतेको र चल्न चट्पटाउन समेत छाडेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । मृतक चौधरीको शव परिक्षणका लागि प्रादेशिक अस्पताल कलैया लगिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी कलैया उपमहानगरपालिका– १६ स्थित उत्तर झिटकैयामा भएको मोटरसाइकल दुर्घटनामा परेर एक युवकको ज्यान गएको छ ।मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर ११ का २४ वर्षीय सन्दीपकुमार यादव रहेका छन । आफैँले चलाइरहेको लु ९५ प ६३५४ नम्बरको मोटरसाइकल बिहीबार राति अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते भएका यादवको उपचारको क्रममा शुक्रवार मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनापछि उनलाई तत्कालै स्थानीय कलैया अस्पताल पु¥याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको बारा प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

Leave a Reply