कृष्णमोहन साह
वीरगञ्ज,पर्सा प्रहरीले सोमवार ठुलो परिमाणमा भारतीय सख्खर बरामद गरेको छ ।जिल्लाको जिराभवानी गाउँपालिकामा सोमवार बिहान छापामारी गरी ठुलो परिमाणमा भारतीय सख्खर बरामद गरेको हो ।जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी महादेवपट्टीको संयुक्त प्रहरी टोलीले जिराभवानी गाउँपालिका वडा नम्बर १ बलुवास्थित स्थानीय रफिक अन्सारीको घरमा भण्डारण गरि राखिएको अवस्थामा १ सय २० बोरा भारतीय सख्खर र ३० बोरा भारतीय युरिया मल बरामद गरेको हो ।बरामद गरिएको सख्खर र रसायनिक मल आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुङेलले जानकारी दिनुभयो ।

















