रौतहट,रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सार पुलनजिक टाटा सुमो र मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।निजगढबाट चन्द्रनिगाहपुरतर्फ जादै गरेको बाग्मती प्रदेश ०३–००१ च ५३१ नम्बरको यात्रु वाहक टाटा सुमो र चन्द्रनिगाहपुरबाट निजगढ आउदै गरेको प्रदेश १–०२–०४३ प ८०२५ नम्बरको मोटरसाइकल चन्द्रपुर नगरपालिका वडा नम्बर ४ धन्सार पुल नजिक सोमवार दिउसो एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार सुनसरी जिल्ला धरान उपमहानगरपालिका वडा नम्बर १५ निवासी ३३ वर्षिय तुलसी ओझा र मोरङ्ग जिल्ला सुन्दरहरैचा नगरपालिका वडा नम्बर ११ का विवस सापकोटाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।प्रहरीले टाटा सुमो नियन्त्रणमा लिएको छ भने मृतकको शव पोष्टमार्टमपछि परिवारजनलाई बुझाइने जनाएको छ । ईलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले घटनाको अनुसन्धान भइरहेको बताउनुभएको छ ।

 

Leave a Reply