वीरगञ्ज,पर्सा प्रहरीले लागुऔषधसहित मकवानपुरकी एक जना महिलालाई पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वा र सशस्त्र प्रहरी बल पर्साबाट खटिएको संयुक्त चेकिङ टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित भन्सार कार्यालयको गेट अगाडिबाट महिलालाई पक्राउ गरेको हो ।पक्राउ पर्ने महिला मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका वडा नम्बर ११ भर्याङ टोल निवासी २३ वर्षीय सुस्मिता परियार हुन् । प्रहरीका अनुसारशंकास्पदरूपमा पैदल हिँडिरहेको अवस्थामा उनलाई रोकी खानतलासी गर्दा कालो रंगको ट्र्याक पाइन्टभित्र दुवै खुट्टाको तिघ्रामा सेतो टेपले बेरी लुकाइछिपाइ ल्याइएका विभिन्न प्रतिबन्धित लागुऔषध फेला परेको थियो ।जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार, चेकजाँचको क्रममा परियारको शरीरबाट नूफिन– १० एम्पुल, फेनारगण–१० एम्पुल र डीजीपेम–१० एम्पुल फेला परेका १० छन् ।

महिलालाई नियन्त्रणमा लिएर लागुऔषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिनुभएको छ ।

















