निजगढ,जनहित सामुदायिक वन उपभोक्ता समूह निजगढ– ६÷७ को १२औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।वन संरक्षण, सामुदायिक वन व्यवस्थापन तथा उपभोक्ता सहभागिताबारे कार्यक्रममा सहभागीले धारणा राखेका थिए ।कार्यक्रमकी प्रमुख अतिथि निजगढ सब–डिभिजन वन कार्यालयका प्रमुख तथा वन अधिकृत शर्मिला नेपालले सामुदायिक वनले जैविक विविधता संरक्षण, वातावरणीय सन्तुलन तथा स्थानीय रोजगारीमा पु¥याएको योगदान उल्लेख गर्नुभयो ।
त्यसैगरी, विशिष्ट अतिथि सामुदायिक वन उपभोक्ता महासंघ बाराका उपाध्यक्ष वासुदेव तिमल्सिनाले सामुदायिक वन उपभोक्ता समूहहरूको सशक्तीकरण र दिगो वन व्यवस्थापनको आवश्यकतामा जोड दिनुभयो ।
कार्यक्रममा जनज्योति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष खड्गबहादुर मोक्तान, जनसृजनशील सामुदायिक वन उपभोक्ता समूहका सचिव लिला राउत, पूर्व अध्यक्ष बालकृष्ण दर्लामी, पत्रकार जितलाल श्रेष्ठ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा वन उपभोक्ताहरूको उपस्थिति रहेको थियो ।वन समूहकी अध्यक्ष चन्द्रिका पुलामी मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष नेत्रकुमारी थापा सञ्चालन सहसचिव रामबहादुर माझीले गर्नुभएको थियो ।साधारणसभामा वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष मगर र आर्थिक विवरण तथा आगामी कार्ययोजनाबारे कोषाध्यक्ष सृजना वाईबाले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
















