राजकुमार यादव
मौलापुर,मौलापुर नगरपालिकाले फ्री बिजुली पानीको घोषणासहित ३९ करोड़को बजेट प्रस्तुत गरेको छ ।
आजपा अध्यक्ष एवंम प्रतिनिधि सभा सदस्य प्रभु साहको प्रमुख आतिथ्यमा सम्पन्न उक्त नगरसभामा प्रस्तुत बजेटले विभिन्न लोकप्रिय कार्यक्रमहरुको घोषणा गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले सत्ता पक्ष र प्रतिपक्ष नभनी समझदारीका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ । उहाँले जनताको समस्या समाधानका लागि अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।नगर सभाले मौलापुर बहुप्राविधिक शिक्षालयबाट मौलापुरका बालिकाहरुलाई निशुल्क शिक्षा दिने कार्यलाई निरन्तरता दिएको छ । “बिजुली– पानी निःशुल्क, गरिब दलितलाई एकीकृत आवास, छोरीसँग मेयर कार्यक्रम, निःशुल्क प्राविधिक शिक्षा जस्ता कार्यक्रमहरुले मौलापुरको गÞौरब बढ़ाएको अध्यक्ष साहले बताउनुभयो ।

नगरसभाको पहिलो बैठकमा एकमुष्ट बजेट प्रस्तुत गरिएको भएपनि त्यसपछिका बैठकमा छलफल गरी बजेटलाई शीर्षकगत रुपमा छुट्याएर नगरसभाले सर्वसम्मत पारित गरेको मौलापुर नगरपालिकाका उपनगर प्रमुख नागेन्द्र यादवले जानकारी दिनुभयो ।नगर सभाले अफ्ना निति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, खेलकुद, भौतिकपूर्वधार, कृषी, पशुपक्षी, खानेपानी तथा सरसफाइ, उद्योग, वाणिज्य तथा वित्तीय लगाएका क्षेत्रलाई विशेष प्रथमिकता दिएको उपप्रमुख यादवले बताउनुभयो ।

Leave a Reply