काठमाडौं : नेपाली कांग्रेससहित संसदमा रहेका तीन प्रमुख दलहरूको बैठक सोमबार ४ बजे कांग्रेस कार्यालय सानेपामा बस्दैछ। बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ;प्रचण्ड; र वरिष्ठ नेता माधव नेपाल, जनता समाजवादीका डा.बाबुराम भट्टराई, महन्थ ठाकूरलगायतका शीर्ष नेताहरू सहभागी हुँदैछन्।बैठकमा संसद् विघटनविरुद्ध निर्णायक र कठोर कदम चाल्ने निर्णय हुँदैछ। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अपराह्न ४ बजे पार्टी कार्यालयमा तीन दलको संयुक्त बैठक बोलाएको र त्यहाँ ओली सरकारको असंवैधानिक कदमबारे छलफल गरेर ठोस् निर्णय हुने जानकारी दिए।

आइतबार पनि तीन दलबीच प्रारम्भिक छलफल भएको थियो। आइतबार प्रधानमन्‍त्रीको सिफारिसमा राष्ट्रपतिबाट हठात् संसद् विघटन भएर चुनावको मिति घोषणा भएपछि संसदमा रहेका सबै दलहरू यसको विरोधमा उत्रेका छन्। उनीहरू कानुनी उपचारसँगै संयुक्त रुपमा आन्दोलनको तयारी गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here