आरके राजन
सिम्रौनगढ,बाराको सिम्रौनगढस्थित सशस्त्र प्रहरी बल बि ओ पी गोलागजले पछिल्लो दुई दिनमा बरामद गरेको तीन लाख मूल्य बराबरको अबैध सामान सोमवार वीरगञ्ज भन्सार कार्यालमा बुझाएको छ ।सशस्त्र प्रहरी निरीक्षक माधवप्रसाद ढुङ्गेलको कमाण्डमा खटेको गस्ती टोलीले आइतवार र सोमवार गरी नियन्त्रणमा लिएको बिस्कुट, सरफ, सुर्ती, मदिरा, कुर्सी, मल र एउटा मोटरसाइकल आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको निरीक्षक ढुङ्गेलले जानकारी दिनुभयो । भारतबाट अबैध रुपमा नेपाल भित्र्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले सो सामान बरामद गरेको हो ।

Leave a Reply