कलैया,नयाँ कदम नेपालको आयोजनामा बाराको कलैयामा सरसफाइ तथा आयुर्वेदिक चियापान कार्यक्रम सम्पन्न भएको छ ।‘आयुर्वेद अपनाइँ, आयु बढाइँ’ भन्ने नारासहित बाराको कलैयास्थित सिद्धेश्वर विद्यालयको प्राङ्गणमा आइतवार सरसफाइसँगै चियापान कार्यक्रम सम्पन्न भएको हो । संस्थाका अध्यक्ष रञ्जीतकुमार पाण्डेको अध्यक्षतामा विद्यालय परिसरमा सरसफाइ गरिएको हो । सरसफाइ सकिएलगत्तै भएको कार्यक्रममा एक सय जनालाई आयुर्वेदिक चिया खुवाइएको थियो ।
सो अवसरमा नयाँ कदम नेपालका उपाध्यक्ष मनिष दुबे, सचिव अनुराधा अधिकारी, कोषाध्यक्ष अजयकुमार दुबे, सदस्यहरु मोहनदास तत्मा, कृष्णा अधिकारी, अमृता चौधरी लगायतको उपस्थिति रहेको थियो । नयाँ कदम नेपालले यसअघि वृक्षारोपण र विरुवा वितरणलगायतका कार्यक्रम गर्दै आएको छ ।

Leave a Reply