निजगढ, २९ भदौँ– निजगढ नगरपालिकामा औद्योगिक ग्राम र विज्ञान पार्क निर्माण हुने भएको छ । आइतबार बसेको नगर कार्यपालिका बैठकले आइतबार आवश्यक प्रकृया शुरु गर्ने निर्णय गरेपछि नगरमा औद्योगिक ग्राम र पार्क निर्माणको ढोका खुलेको हो ।

निजगढ नगरपालिका वडा नम्बर ९ स्थित लालबकैया नदी पुर्वमा रहेको सार्वजनिक पर्ति जमिनमा औद्योगिक पार्क स्थिापना गर्न नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा माग गर्ने निर्णय गरेको निजगढ नगरपालिकाका सुचना अधिकारी रबिन घिमिरेले जानकारी दिनुभयो ।

त्यसैगरी हिजो सम्पन्न नगरपालिका कार्यपालिका बैठकले निजगढमा विज्ञान पार्क निर्माण गर्नकालागि आवश्यक जमिनसहित सम्बन्धित निकायमा पहल गर्ने निर्णय पनि निर्णय गरेको छ ।

नगरपालिकाले वडा नम्बर– ४ को बाघभैरव सामुदायिक वन र वडा नम्बर– ५ स्थित जनजागृतिसुन्दर सामुदायिक वन क्षेत्रअन्तरगत पर्ने चुरे पहाडको क्षेत्रमा विज्ञान तथा प्रविधि उद्यायन स्थल निर्माण गरी संचालनमा ल्याउन नगरपालिकाले पहल गर्ने निर्णय भएको सुचना अधिकारी घिमिरेले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here