कृष्ण मोहन साह

सेढवा,प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४१ औँ स्मृति दिवस शनिवार मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।स्मृति दिवसकै अवसरमा पर्साको जिराभवानी गाउँपालिकामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा पर्सा क्षेत्र न ४ का प्रतिनिधि सभा सदस्य रमेश रिजाल र प्रदेश सभा सदस्य शंकरप्रसाद चौधरीको विशेष आतिथ्यमा एक कार्यक्रमकाबिच जिराभवानी गाउँपालिका वडा नं २ स्थित स्व. माहादेव महतो स्मृति भवनमा विरुवा रोपिएको हो ।कार्यक्रममा जिराभवानी गाउँपालीकाका अध्यक्ष अनोज चौधरी, उपाध्यक्ष रेखा चौधरी, वडा नं १ देखि ५ सम्मका नेपाली कांग्रेसका युवाहरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको संञ्चारकर्मी हरीकिशोर शर्माले जानकारी दिनुभयो ।नेपालमा प्रजातन्त्रको स्थापनाका लागि लामो संघर्ष गर्नुभएको कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उहाँको नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान छ ।साथै स्मृति दिवसकै अवसरमा पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवको अध्यक्षता र पर्सा क्षेत्र न ४ का प्रतिनिधि सभा सदस्य रमेश रिजालको प्रमुख आतिथ्यतामा कालिकामाई गाउँपलिकामा पनि वृक्षरोपण कार्यक्रम गरी ४१ औँ बिपी स्मृति दिवस मनाईएको छ ।

Leave a Reply