कलैया,जिल्ला प्रहरी कार्यालय बाराले अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसको अवसरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कलैयामा बुधवार जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।जिल्ला प्रहरी कार्यालय बाराले कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित बाल मन्दिरको प्रङ्गणमा मानव बेचविखन विरुद्ध जनचेतना फैलाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमका वक्ताहरुले मानव बेचबिखनको जोखिम, यसबाट हुने हानी नोक्सानी र रोकथामको उपायहरु बारेमा जानकारी गराएका थिए ।प्रहरी निरीक्षक कठायतले मानव बेचविखन विरुद्धको अभियानमा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै यस्ता जनचेतनामूलक कार्यक्रमहरुले समाजमा सचेतना फैलाउने विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रममा प्रहरी निरीक्षक कठायतको अध्यक्षतामा भएको सो कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, महिला तथा स्थानीय संघ संस्थाहरुका करीब ६० जना व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमले मानव बेचविखन विरुद्धको संघर्षमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

Leave a Reply