निजगढ,इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सन्जिव ओलीले निजगढमा फैलिएको ‘बच्चा चोरी’ को हल्ला निराधार भएको बताउनुभएको छ ।

बच्चा चोरी गर्ने मान्छे आएको भन्दै निजगढ नगरपालिका वडा नम्बर ८ खयरघारीका स्थानीयले एक जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएपछि अनुसन्धानको क्रममा सो व्यक्ति बच्चा चोर नभएर माग्ने भएको खुलेको निरीक्षक ओलीले बताउनुभयो । गाउँमा बच्चा चोर आएको भन्ने हल्ला चले पनि त्यसमा कुनै सत्यता नभएको उहाँले जनाउनुभएको छ ।

माग्ने क्रममा गाउँमा आएका जीतपुरसिमरा उपमहागरपालिका वडा नम्बर २३ का जयलाल बरैका वर्ष १९ का छोरा सुनिललाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । अनुसन्धानको क्रममा नविन बच्चा चोर नभएर माग्ने भएको खुलेपछि उनलाई अभिभावकको जिम्मा लगाएर छोडेको निरीक्षक ओलीले बताउनुभयो । नविनको साथबाट प्रहरीले गाउँघरमा मागेर जम्मा पारेको ५ र १० रुपैया दरको करिव २ सय रुपैयाको नोट फेला परेको र उनीहरु लामो समयदेखि निजगढ वडा नम्बर ९ स्थित बकैया नदीको ड्याममा ढुङ्गाको सिलौटो र लोहोरा लगायत सामान बनाएर बस्ने गरेको पनि प्रहरीले बताएको छ । पैसा माग्दै घरघर हिडेको देखेपछि स्थानीयले बच्चा चोर हुन सक्ने आशंकामा नविनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।

Leave a Reply