मान्छे आफ्नो स्वार्थका लागि जे पनि गर्न तयार रहेको देखिएको छ । मानिसले अब एक दशक अगाडिसम्मको कुरा बिर्सिसकेको र सम्झने प्रयास गर्न पनि छाडेको छ ।मानिस यतिसम्म स्वार्थी भएको छ कि, आज आफ्नो हितबाहेक अरु कुनै कुरामा उसको चासो छैन । मानिसको स्वार्थीपनले कालान्तरमा गएर मानिसलाई नै घाटा हुने हो तर फरक यति हो कि भोलि यो पुस्ता रहदैन अर्को पुस्ताले झेल्ने समस्यासंग मानिसले नजरअन्दाज गरिहेको छ । तर, मानिसले भाविको पुस्ताको विषयमा पनि सोच्न जरुरी छ ।

भोलिको पुस्तासंग मात्र होइन, आफ्नै जीवनसंग पनि उत्तिर्कै सरोकार राख्ने कयौं विषयमा पनि मानिस उदासिन छ । यसैको उदाहरणको रुपमा निर्माणाधिन तराई मधेश दुर्तमार्ग वा फाष्टट्याकलाई पनि लिन सकिन्छ । ललितपुरको खोकटा क्षेत्रका स्थानीयले आफ्नो क्षणिक स्वार्थका लागि सरकारलाई जग्गा अधिग्रहण गर्न नदिएर नेपाल र नेपालीहरुको जीवनसंग निकै ठूलो महत्व राख्ने विषयमा खेलवाड गरिरहेका छन । उनीहरुले सामान्य स्वार्थ र बखेडा झिकेर यो बाटो बनाउनका लागि अवरोध सृजना गर्नु स्वार्थको पराकाष्ट नै हो ।

अहिलेसम्म लगभग बनेर सकिनु पर्ने यो मार्गको निर्माणको अवस्था दयनीय बनेको छ । यही पारा रहने हो भने २०औं वर्षसम्म पनि यो बाटो बन्ने छाटकाँट छैन अनि तराई मधेश र स्वयम् काठमाडौं क्षेत्रका नागरिकहरुले पनि सास्ती झेल्न पर्ने नै देखिन्छ । यसरी विकासको बाधक बनिनु राम्रो होइन । यसले कसैलाई फाइदा पुुग्दैन । विकासको बाधक कोही नबनौं ।

Leave a Reply